सैंजु इतिहास

Family is not an important thing. It’s everything! Connect with other Sainju family members.

ईटाछें का सैंजु (कायस्थ ) हरुको संक्षिप्त इतिहास

भक्तपुरका राजा जितामित्र मल्ल ले वि. सं. १७३१ मा चासु कस मध्येका सन्तती भागीराम कायस्थलाई प्रधानमन्त्री ( मुख्य भारदामा) नियुक्त गरेपछि भक्तपुर मा सामाजीक, आर्थीक सुधार भएको र कृषिमा सुधारका लागी राजकुलो, पीउने पानी को लागी ढुंगेधाराहरू, इनारहरू बनाएका थिए । भार्वाचो र नःपखु ढोका देखी पूर्व दतात्रय सम्म ढुंगा छापेर पक्की सडक र अन्य टोलहरुमा बाटो फराकीलो बनाएका थिए । साथै पाटीपौवा मन्दिर निर्माण र सिद्धपोखरी (तः पुखु) को जिर्णोद्वार र मर्मत सम्भार आदी सुधारका विभिन्न उल्लेखनिय कार्य गरेकाले भक्तपुरको बढ्दो ख्याती र प्रभाव प्रति डाहा गर्दै कान्तीपुरको भारदारहरुले राजा जितामित्र र भागीराम का विरुद्ध षडयन्त्र गरी भागीराम कायस्थ का विरोधी अन्य भारदारहरु को सहयोगमा युबराज भुपतेन्द्र मल्ल लाई उक्साइ सत्ता आफ्नो हातमा लिन लगाइ षडयन्त्रपूर्ण तरीकाले राजा जितामित्र मल्ल र कान्छी महारानी साथै भागीराम कायस्थ लाई वि.सं. १७५३ मा कैदमा राखी २२ वर्ष को उमेर मा भुपतेन्द्र मल्ल राजा भए यस प्रकार राजा जितामित्र र भागीराम कायस्थका पक्षधर, सहयोगी र अन्य भारदारहरुलाइ पनि खोजी खोजी पक्राउ गरी कैद गर्न थालेपछि अन्य आफन्त, नाता कुटुम्बहरु पक्राउ पर्ने डरले धेरै कसजु, कायस्थहरू भक्तपुर छोडी भाग्न बाध्य भए । भागीराम कायस्थ को भाई खलक पर्ने भारदार चक्रधर सैंजु पनि यही क्रममा सपरिवार ईटाछें घर छोडी चाँगुनारायण, मनोहरा क्षेत्रमा एक ब्राम्हणको घरमा सरण लिई निर्वासित हुनु भयो ।
चाँगुनारायण, मनोहराक्षेत्र कान्तीपुर राज्य भीत्र पर्ने भएकोले त्यता निर्वासीत हुनुभएको भनिन्छ । स्थीती शान्त भयपछी पनि भक्तपुर ‘ईटाछें’ फर्कने सभावना नभएकोले मनहरा पारी नयाँपाटी भन्ने गाँऊमा वसोवास गर्न थाल्नु भयो । नयाँपाटी मा सुन्य बाट श्रृजना गरी धुलो टकटक्याउदै उठ्नुपरेको अवस्था थियो । यही अवस्थामा चक्रघर सैंजुको वि.स. १७५७ ( ने.सं. ८२०) मा र भागीराम कायस्थ को कैद मै वि. सं. १७५५ मा र राजा जितामित्रको कैद मै वि.सं १७६७ मा मृत्यु भएको भनिन्छ ।
बाबु चक्रधर सैंजु को स्वर्गारोहण पछि छोराहरु विरनरसिं र महन्त ले केही सम्पत्ति जग्गा जमिन कमाई गरेर घर व्यवहार धान्दै विस्तारै आफ्नो घर ईटाछें मर्मत र सम्भार गरी भक्तपुर फर्कने क्रम सुरुगरेको पाइन्छ । नयाँपाटी र भक्तपुर मा मात्र वसेर बढ्दै गएको परिवार को भरण पोषण गर्न गाह्रो हुँदै गएपछी विरनरसिं का नाती भिमख्खा आफ्नो छोरा पुर्ण सिं र भानु सिं लिएर व्यापार व्यवसाय को सम्भाब्यता खोज्दै सिन्धुपाल्चोक जिल्ला को ऐसेलुखर्क वसोवास गर्न पुग्नु भयो । त्यहाँ पूर्ण सिं र भानु सिं ले प्रशस्त सम्पती आर्जन गरेको बुझिन्छ । ऐसलुखर्क मा नै फलाम खानी संचालन गरी भक्तपुर बाटै नकर्मीहरु समेत लगि रोजगारी दिएको र प्रधानमन्त्री जंग बहादुर राणा को पालामा भोट (तिब्बत) संग लड़ाई हुँदा सात दिन सम्म सबै सेनालाई खाना खुवाई सेवा गरेको ले जंगबहादुर राणा बाट सम्मान पाएको पनि भनिन्छ । यसरी प्रशस्त आयआर्जन गरी भक्तपुर मा खौमा टोलको सायाजु चोकमा घरहरु जोडी भक्तपुरमा बसोबास गर्न आएको बुझिन्छ ।
महन्त का छोरा श्रीधर को परिवार नयाँ पार्टी मै वसोवास गरी व्यापार व्यवसाय गरी रहेको र श्रीघरको छोरा मणिधर को पाला देखी चाड पर्व, देवाली, श्राद्ध ईटाछें मै जम्मा भई गर्न थालेको पाइन्छ | श्रीधर को पनाती ( मणिधर को छोरा ) रत्न नारायण को भोट (तिब्बत) को व्यापार फस्टाएको पाइन्छ भने श्रीघर का भाई हेमन्त व्यापार व्यवसाय र आय आर्जन को सम्भाव्यता को खोजी गर्दै तनहुको, चोक चिसापानी पुगेर व्यापार गर्दै एक वर्ष त्यस क्षेत्र को अध्ययन गरी लमजुङ को जिता भन्ने ठाउँ मा पुगेर घरेलू कपडा बुनि व्यापार गर्दै प्रशस्त जग्गाजमिन जोडी चोकाली हटीया (नेवार बस्ती) बसाएको इतिहास पाइन्छ ।

हेमन्त का तिन भाई छोरा अन्तनारायण, ध्रुवनारायण र हरीनारायण भएको र लम्जुङ बाट बेला बेला भक्तपुर आउ जाउ गर्दै गर्दा काठमाण्डौ को नयाँपाटी को घरमा व्यापार बढेको, मानीसको आवत जावत बढेको देखेपछि बुझदै जाँदा तिब्बतका व्यापारी देखी सिन्धुपाल्चोक, दोलखाका का व्यापारी हरु र पूर्व भोजपुर तिरका मानिसहरु समेत आउजाऊ भएको थाहापाएर भिमसेन थापा प्रधानमन्त्री भएपछि विभिन्न ठाउँमा फलाम खानी, तामाखानी संचलन गर्न दिएको र भोजपुर को खिका माछा गाँउमा घोतले तामाखानी बाट तामा उत्पादन गरी खिका माछा ल्याइ तामाको पैसा र टक काट्न थालेको र त्यो पैसा बोकी काठमाण्डौ ल्याउने नयाँ पाटि साँखुकै बाटो चल्तीमा आएको र पाटनबाट शाक्य, ताम्राकारहरु थुप्रै नेवारहरु जदै गरेको थाहाँपाई व्यवसायको सम्भावना छ भन्ने सुनि अन्तनारायण वि.सं १८७२ मा खिका माछा (भोजपुर टक्सार) सम्म जान भनेर हिडदै दिक्तेल भन्ज्याङ बास बस्न पुग्नु हुन्छ । दिक्तेल पुगेपछि दिक्तेलको प्राकृतिक सौन्दर्यताका साथै पुर्व पश्चिम, उत्तर दक्षिण चारैतिरबाट बाटो जोडिने दिक्तेल भञ्जयाङको चौवाटो (हालको संखधर चोक) देखेर त्यहि ठाउँ भविष्यमा व्यापारिक थलो बन्न सक्ने सम्भावना महसुस गरि खिका माछा (भोजपुर) हिडेको मान्छे त्यही दिक्तेल मै रोकिनु हुन्छ । दिक्तेल आचार्य गाँउ र लफ्याङ मझुवा को राई गाँउतिर घुम्दै साथमा लिएर गएको सामान बेच्दै सम्भावनाको अध्ययन गर्दा लफयाङका राई बन्धुहरुबाट खानी डाँडा मा फलाम खानी भएको थाहा पाई खानी संचालनको अनुमति का लागि काठमांडौ आई प्रयास गर्नुभएको र खानीडाँडामा फलाम को परीक्षण उत्पादन समेत गरेको पाइन्छ । सरकार बाट स्वीकृतिका लागि आउजाउ गर्दा व्यापारको सामान लगी व्यापार पनि गर्दै गर्दा दिक्तेल बारीका आचार्य र लफ्याङका राई बन्धुहरुको राम्रो व्यवहार मित्रता बढ़े संगै तोडा (पैसा) बोक्ने मानिसहरु फर्कदा तिनलाई कपड़ा, मसला, औषधी जडीबुटी बोकाइ दिक्तेल पुयाइ व्यापार गर्दै १२ महिना बिताउने, तोड़ा बोक्नेहरु संगै फेरी काठमाडौ पुगी भक्तपुर लम्जुङ गई फेरि व्यापार का लागी सामान जुटाइ ६ महिना ७ महिना मा फेरि दिक्तेल सम्म पुग्ने गर्दा फलामखानीको स्वीकृति नपाएपनि लफ्याङ का राई बन्धुहरुले स्थायी रुपमै बसी व्यापार गर्न अनुरोध गर्दै तपाई ले गर्दा केही सामान किनमेल गर्न हनुमान नगर, राजविराज (भारतिय सिमाना नजिकको हाल सप्तरी जिल्ला ) सम्म पुग्न नपर्ने भयको छ भनी तपाईले स्थायी रूपमा बसी व्यापार गर्नुभयो भने हामी लाई धेरै सुविधा हुन्छ । बरू बस्नका लागी घर बनाउन खेती बारी निशुल्क उपलब्ध गराउछौ सहयोग गछौं भनी दिक्तेल भञ्जयाङमा बास बसेकै द्वारेको पाटी (हालको पाउनाघर) छेउकै जग्गा र थर्पु भन्ने खेतबारी निसुल्क उपलब्ध गराएर सहयोगि मिलनसार राई र आचार्य बन्धुहरुले घर बनाउन समेत सहयोग गरेपछि भक्तपुर आइ कान्छा छोरा जुजुमान लिएर आलो पालो गरी दिक्तेल वस्न थाल्नु भएको भनि बेला बखत बुढाअजाहरु भेला भै चर्चा चल्दा बताउनु हुन्थ्यो । यसरी, हेमन्त का परीवार लमजुङ, भक्तपुर र दिक्तेल खोटाङमा फैलिएको र जुजुमानको पनाति चक्र बहादुर सैंजुको वि.सं १९९१ मा वर्तमन भक्तपुरमै भएको र १९९३ मा देवबहादुर सैजुको स्वर्गारोहण पछि भक्तपुर र दिक्तेल विच को सम्बन्ध (आऊ जाऊ) टुटेको देखीन्छ । यसरी ९१ बर्ष अधि चक्र बहादुर सैंजु को बर्तमन ( चुडाकर्म ) भएदेखी वंशज का पुर्खौली थलो इटाछें र खौमा मा रहेका दाजुभाई संग आऊ जाउ रोकीयको र अहिले वंशावली र पुर्खाको हाँगा खोज्दै जाँदा श्रीधरको हाँगामा डा. विरेन्द्र प्रसाद कायस्थ (इटाछें) खौम टोलमा हाल शान्तीनगर मिनभवन काठमाण्डौमा, किशोर कायस्थ बुढानीलकण्ठ न.पा. ९ नं. वडा त्रिचोक नयाँ कोलोनी मा
क्रमश..

Homemade happiness
A time for family
Strongest bond
Homemade happiness
A time for family
Strongest bond
Galleries

Family ties mean that no matter how much you might want to run from your family, you can’t.

Enjoy the Photos
Members Directory

Family ties mean that no matter how much you might want to run from your family, you can’t.

Learn more
FindNew
Relatives

Family ties mean that no matter how much you might want to run from your family, you can’t.

Explore now
Family Timeline

Family ties mean that no matter how much you might want to run from your family, you can’t.

Explore now

Discover your heritage. Preserve your traditions.
Represent all that makes you.